बज्र ग्रुपले ल्यायो ‘यसपालिको चाड बज्रको साथ’ अफर

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १८ : ४८
बज्र ग्रुपले ल्यायो ‘यसपालिको चाड बज्रको साथ’ अफर

काठमाडौं । बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगाएतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले combo, scratch coupon, buy one get one free जस्ता आकर्षक अफरहरु ल्याएको छ ।  

यस अफर भाद्र २४ गते देखि कार्तिक १० गतेसम्म अर्थात छठपर्वसम्म रहने कम्पनीले जनाएको छ । यस बज्रग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।  

स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले Kohler, Somany, Jaquar, Hindware, CRW जस्ता उत्कृष्ट ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्रि बितरण गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस