नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १६ : ३६
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजेदेखि पुन  बस्ने गरी बैठक स्थगित गरिएको हो ।

अहिले ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक डाकिएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठकतिर लागेका छन् ।

हिजो अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा उठेको जवाफमा नेता नेपालले आज जवाफ दिएका थिए । यहि बैठकले महासचिव पनि टुंगो लगाउने नेकपा एसका नेता राजेन्द्र राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस