अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

एजेन्सी

बुधबार, ०६ असोज २०७८, ०८ : १०
अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।

स्थानीय सयम विहान ९ : १५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ । छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

साथै ४.० र ३्.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो । अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोही पनि गम्भीर घाइते भएको जानकारी नभएको बताएका छन् ।