आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर फर्कियो राष्ट्रिय टोली

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १२ : ५९
आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर फर्कियो राष्ट्रिय टोली

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो । 

ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो । 

यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन्   । उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस