काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार नौ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य सोमबार तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भएसँगै यसको प्रभाव नेपालको बजारमा देखिन थालेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असोज २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?