काठमाडौं । हाल मौसममा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली तथा बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । यस्तै लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।
यसैगरी मंगलबार दिनभर देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका केही स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको छ ।
राति भनेदेशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असोज २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना