एजेन्सी । अमेरिकाले अस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्तर कोरिया पनि उभिएको छ ।यसअघि चीनले उक्त सम्झौताको विरोध जनाएको थियो । यही हप्ता अस्ट्रेलियालाई आणविक पनडुब्बी निर्माणका लागि प्राविधिक सहयोग गर्ने विषयमा अमेरिका, बेलायत र अस्ट्रेलियाबीच एतिहासिक सम्झौता भएको छ । यसलाई उत्तर कोरियाले घातक र खतरनाक भनेर विरोध जनाएको छ ।
‘अकस’ नाम दिइएको सो सम्झौताको मुख्य उदेश्य दक्षिण चीन सागरमा चीनको प्रभाव न्युन गर्न रहेको विश्लेषण भइरहेको छ । यसले चीन रुष्ट भएको बेला उत्तर कोरिया पनि चीनको पक्षमा उभिएको हो ।
उत्तर कोरियाली विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले अकस सम्झौताले एशिया प्यासिफिक क्षेत्रमा रणनीतिक सन्तुलन बिगार्ने र सैन्य होड बढ्ने प्रतिक्रिया दिएका छन् । उनले यस सम्झौताका कारण आफ्नो देशको सुरक्षामाथि जोखिममा परेको र आवश्यक परे प्रतिकारमा उत्रन तयार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ असोज २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया