काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिएका छन् ।
उनले आज बिहान सामाजिक संजालमा ट्वीट गर्दै उनले अब बहस त्यहाँसम्म पुग्ने बाटो र जीवन तथा राज्य रहुञ्जेल अपनाउने उन्नत प्रणालीमा गर्नुपर्ने बताएका छन् ।
‘बहस त्यहाँसम्म पुग्ने बाटो र जीवन तथा राज्य रहुञ्जेल अपनाउने उन्नत प्रणालीमा गरौं, अतः साम्यवाद हैन समाजवादबारे कुरा गरौं । वर्तमान विश्व र नेपालको ठोस स्थितिमा समाजवादको नयॉ मोडेल खोजौँ’, उनले भनेका छन् । जीवनपछि प्राप्त हुने ‘स्वर्ग’ र राज्यको समाप्तिपछि प्राप्त हुने ‘साम्यवाद’ वारे माथापच्ची नगर्न आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...