काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। आइतबार स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख छ।
गत साउन २५ गतेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव पारित गरेको थियो। तर, मध्यमार्गी नेता एमालेमै बसेपछि उनीहरूको प्रस्तावमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो।
त्यस्तै, नवौं महाधिवेशनबाट पारित विधानमा नेतृत्वका लागि ७० वर्षे उमेर हद राखिएको थियो। जुन उमेर हद अहिले पनि कायमै रहने भएको छ। यसअनुसार केही नेता आगामी महाधिवेशनबाट बिदा हुने भएका छन्। त्यसैगरी, विधानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव रहने प्रस्ताव गरिएको छ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रदेशगत ७ वटै उपाध्यक्ष पनि कायम हुने गरी छलफल भइरहेको बताए। ‘सातवटा प्रदेशमा ७ वटै उपाध्यक्ष हुनुपर्ने विषयमा पनि छलफल भइरहेको छ,’ विष्टले भने, ‘उपाध्यक्षको संख्या सात नै हुन्छ होला।’ नवौं महाधिवेशनबाट ५ उपाध्यक्ष र ५ सचिव निर्वाचित भएका थिए।
नवौं महाधिवेशनबाट १ सय ५९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। आगामी विधान महाधिवशेनमा २ सय २५ केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव गरिएको छ। असोज १५–१७ सम्म विधान अधिवेशन बोलाइएको छ।
उक्त अधिवेशनमा लैजान लागिएको विधान प्रस्तावमा ७ सदस्यीय सचिवालय र ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरिएको छ। पोलिटब्यूरो हटाउने प्रस्ताव गरिएको छ। पार्टीका सबै तहका कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रस्ताव गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०४ असोज २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले
एमालेले सार्वजनिक गर्यो विरोध कार्यक्रम