चितवन हत्या प्रकरण : प्लास्टिकमा शव पोको पारेर फाल्ने तयारी गर्दै थिए हत्यारा

प्रकाश सिग्देल

शनिबार, ०२ असोज २०७८, १५ : ३८
चितवन हत्या प्रकरण : प्लास्टिकमा शव पोको पारेर फाल्ने तयारी गर्दै थिए हत्यारा

चितवन । खेतमा लगाउने पानीको विषयमा भएको सामान्य भनाभनका कारण राप्ती नगरपालिका ९ सितल टोलका ६६ वर्षीय कान्छा लामा तामाङको हत्या भएको छ ।

४ /५  दिन अगाडिको सामान्य विवादले स्थानीय छिमेकी ५० वर्षीय दशरथ भन्ने टेकबहादुर मल्लले बुबालाईं घर देखि २०० मिटर पर कच्ची सडकमा रडै रडले प्रहार गरेर हत्या गरेको मृतकका जेठा छोरा सुनील लामाले बताए ।  घर देखि केहि पर पुगेर तरकारी खरिद गरेर फकर्दै गर्दा मल्लले तामाङलाई रडले पछाडीबाट प्रहार गरि हत्या गरेर प्लास्टिकमा पोको पारेर सडक छेउमा राखेको अवस्थामा शव फेला परेको थियो ।

बेलुका ८.४० बजे आफु कामबाट घरमा आउँदै गर्दा बाटोमा रगतै रगत देखेर के रहेछ भनेर हेर्दा सडक छेउमा प्लास्टिकले छोपेर राखेको वस्तु देखेको र खोलेर हेर्दा बुबाको मृत सब देखेपछि आफु चिच्चाएको कान्छा छोरा बिनोद लामाले बताए ।

आँफु चिच्चाएपछि शवको नजीकै सडक छेउबाट मल्ल निस्किएर तलाई पनि मार्छु भनेर रडले प्रहार गर्न थालेपछि भागेर दाई र अरु छिमेकी बोलाएर बच्न सफल भएको उनी बताउछन् । मल्लले उसैको घर नजिकै सडकछेउमा बुबाको शव प्लास्टिकमा पोको पारेर राखेर कतै लुकाउन खोजेको जस्तो  आफुले  देखेको  उनले बताए ।

आफनो बुबाको शव पुलिसले जवरजस्ती परिवारको सहमती बिनै त्यहाबाट उठाएर लगेको उनले सुनाए  । पुलिसले स्थानियलाई लाठ्ठी चार्ज अश्रु ग्यास र रवर गोलि समेत हानेर बिना सहमती शव उठाएर लगेको उनी बताउछन् । प्रहरीका अनुसार त्यहा सामान्य झडप भएको थियो झडपका क्रममा दुबै तर्फका घाईते भएका छन् ।

घरबाट तरकारी किनेर ल्याउछु भनेर गएको श्रीमानलाई मल्लले रडैरडले हानेर मारेको र गाउँले नभएको भए आँफु र छोराहरुलाई पनि उसले मार्ने मृतककी श्रीमती राममाया लामाले बताईन् । केहि दिन अगाडि पानी लगाउने विषयमा सामान्य विवाद भएपछि मल्लले आफनो श्रीमानलाई  हप्काई दप्काई गरेर तलाई मारेर फालिदिन्छु भनेर सार्वजनिक रुपमै धम्की दिदै हिड्ने गरेको श्रीमती लामा बताउछिन् ।  यसलाई जन्मकैद गरी आफुहरुलाई न्याए दिन उनले आग्रह गरेकी छन् ।

भाईलाई उसले लखेटेर रडले हान्न खोजेको र आँफुले छेकेर जोगाएको मृतकका जेठा छोरा सुनिल लामाले बताए । आँफुहरु सबै मिलेर भाईलाई जोगाउन सफल बनेको उनी बताउँछन् । पछि पुलिस आएर उल्टै आफुहरुलाई नै लाठ्ठी चार्ज गरेको लामा बताउँछन् ।  सहमति बिना किन शव उठाएको भनेर आफुले रोक्न खोज्दा पुलिसले आफुलाई शरिर भरी निलडाम हुने गरी पिटेको जेठा छोरा लामाले बताए । उनको शरिरभरी निल डाम रहेको छ । आँफुहरु दुखि गरिबले सहि न्याय पनि पाईएला भन्ने आश समेत नरहेको उनले बताउँछन् । आँफुहरुलाई न्याय दिलाईदिन उनले आग्रह गरे ।

स्थानीयहरुले मृतक लामा जाँडरक्सी समेत नखाने कसैलाई नराम्रो नगर्ने, सिधा साधा मान्छे रहेको बताउछन् । अपराधी मल्ल लागुऔषध सेवन गर्ने गाँजा खेती गर्ने र गुण्डागर्दी गर्दै सबैलाई धम्काउदै हिड्ने स्वभावको रहेको स्थानियले बताए । यो घटनामा दशरथ भन्ने टेकबहादुर मल्लसंगै उसको छोराको पनि संलग्नता रहेको हुनसक्ने पिडित पक्षको शंका रहेकाले उसलाई पनि पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने माग पिडित पक्षले गरेका छन् ।

यो घटना योजनाबद्ध तवरले गराईएकोले परिवारका अरु सदस्यको पनि यसमा संलग्नता रहेको मंगल तामाङले बताए । हत्यारालाई हदै सम्मको कारबाही गर्न स्थानियले माग गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस