धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम पुगेका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृका प्रसाद यादव आज जनकपुरधाम पुगेका हुन । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरेका छन् ।
स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए । अध्यक्ष प्रचण्डले एयरपोर्टमा कुनै प्रतिक्रिया दिएनन् । प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् ।
उनले शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड