जलेश्वर ।औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु १००० हजारका २२ थान, रु ५०० का तीन थान, रु १०० का २७ थान, रु ५० का छ थान,रु २० का आठ थान, रु १० का ११ थान, रु ५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ असोज २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ