काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउदै लैजाने नीति सरकारले लिएको बताएका छन् । शुक्रबार आज काठमाडौमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउदै लैजाने नीति लिएको बताएका हुन् ।
उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए ।
त्यस्तै गरीब घरपरिवारलाई एकपटकका लागि १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताए । अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसँग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राखे ।
त्यस्तै मुलुकभर रहेका सामूदायिक विद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले बताए । त्यस्तै उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रीय हुन विद्यार्थीहरुलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १५ : ५२
लेखकबाट थप