पूर्वमन्त्री न्यौपानेसहित तनहुँका २२ उम्मेदवारको जमानत जफत

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, १६ : ४५
पूर्वमन्त्री न्यौपानेसहित तनहुँका २२ उम्मेदवारको जमानत जफत

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुई निर्वाचन क्षेत्रमा कुल २२ उम्मेदवारको चुनावी जमानत जफत भएको छ। जमानत गुमाउनेमा नेकपा (एमाले)बाट तनहुँ-१ मा प्रतिस्पर्धा गरेकी पूर्वमन्त्री भगवती न्यौपाने पनि परेकी छन्।

निर्वाचन कानुनअनुसार खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारले धरौटीबापत बुझाएको रकम फिर्ता पाउँदैनन्। तनहुँ-१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९ मत सदर भएको थियो। पूर्वमन्त्री न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

यस क्षेत्रमा कुल १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तर निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का स्वर्णिम वाग्ले र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द भट्टराईले मात्रै जमानत जोगाएका छन्। वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने भट्टराईले १६ हजार २३१ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस