नेकपा एस को केन्द्रीय कार्यालय सञ्चालनमा, अध्यक्ष नेपाल भन्छन् - ‘कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ ’

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १५ : २५
नेकपा एस को केन्द्रीय कार्यालय सञ्चालनमा, अध्यक्ष नेपाल भन्छन् - ‘कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । शुक्रबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । ओवादी केन्द्र, नेकपा (एस) सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो । 

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ । 

उद्घाटन कार्यक्रममा नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतहरू उपस्थित थिए । नेकपा एमालेबाट विभाजन भई नेपाल नेतृत्वमा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस