काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन आयात गर्दा भन्सार र अन्तःशुल्कमा दिएको राजस्व छुटमा नीतिगत अनियमितता भएको आशंका गरिएको छ। पूर्वअर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा अध्यादेशमार्फत चालु आर्थिक वर्षका लागि बजेट ल्याएका थिए।
अर्थमन्त्री शर्माले पौडेलको बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा फलामे डन्डी उत्पादन गर्न आवश्यक कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सार र अन्तःशुल्क शून्यमा झारेका छन्। यसले बजेटमा चलखेल गरी नीतिगत अनियमितता भएको आशंका गरिएको हो।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐन लागु हुनुअघि स्पन्ज आइरन आयातमा ४ रूपैयाँ ७५ पैसा प्रतिकेजी भन्सार महसुल लाग्थ्यो। यस्तै डन्डी उत्पादनपछि बिक्रीमा प्रतिकेजी १ रूपैयाँ ६५ पैसा अन्तःशुल्क पनि लिने गरिएको थियो। विधेयक आएपछि यी दुवै शून्यमा झारिएको हो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ असोज २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने