काठमाडौं । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ ।
विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो । झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन् ।
युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन् । केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ असोज २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु
प्रतिनिधिसभा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै