काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा घाइते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
घटना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएको उनले बताए ।
प्रहरीका अनुसार उपचार गराइरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन् । दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र वीरेन्द्रनगरभित्र सो दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० भदौ २०७८, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु