काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै गर्दा रामचन्द्र पौडेल पक्ष पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्न थालेको छ।
पौडेल पक्षले सोमबार बोलाएको केन्द्रीय सदस्यको बैठकले देउवाको गृह जिल्ला डडेलधुरामा यही भदौ २५ गते गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशनको माग गरेको छ।
डडेलधुरामा भदौ २५ गते गरिएको अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा, मूल्य र परम्पराको खिल्ली उडाएको निष्कर्ष पौडेल पक्षको बैठकले निकालेको छ ।
डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ।
कांग्रेसले गत भदौ १८ गते देशभर एकै पटक ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भदौ १८ गते हुन नसकेका वडाको अधिवेशन भदौ २५ सम्ममा गरिएको थियो। २० जिल्लाको वडा अधिवेशन भने अझै हुन सकेको छैन।
ती जिल्लामा क्रियाशील सदस्यता टुंगो लाग्न नसकेपछि वडा अधिवेशन हुन नसकेको हो। ती जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको छ।
७७ जिल्लामा एकै पटक वडा अधिवेशन हुन नसकेपछि पालिका तहमा हुने भनिएको अधिवेशन पनि प्रभावित भएको छ। भदौ २७ गते तय गरिएको पालिका तहको अधिवेशन असोज ९ मा पुर्याइएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ भदौ २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता