चितवनमा लोक्कल गाईको पिसाब प्रति लिटर ३ सय रुपैयाँमा बिक्री , क्यान्सरका बिरामीले गर्छन बढि प्रयोग

प्रकाश सिग्देल

सोमबार, २८ भदौ २०७८, १६ : २६
चितवनमा लोक्कल गाईको पिसाब प्रति लिटर ३ सय रुपैयाँमा बिक्री , क्यान्सरका बिरामीले गर्छन बढि प्रयोग

चितवन । चितवनमा लोक्कल गाईको पिसाब प्रति लिटर ३ सय रुपैयाँका दरले बिक्री हुदै आएको छ । राष्ट्रगुरु योगी नरहरी नाथ आश्रम देवघाट बागिश्वरी गौशालामा रहेका गाईको पिसाब संकलन गरी प्रशोधन गरेर अर्क बनाएर प्रति ६ सय मिलिलिटरको २ सय रुपैयाँमा बिक्री गरिएकोे हो ।

यहाँ रहेका २०० बढि गाईको पिसाब दैनिक रुपमा संकलन गरि दैनिक १०० लिटर प्रशोधित गौ अर्क उत्पादन गरिने गरेको हो । यहाबाट महिनामा ५ सय देखी १ हजार बोतल सम्म अर्क बिक्री हुने गरेको अर्क उत्पादन गर्दै आएका व्यवसायी भुपाल आचार्यले बताए । यहाबाट भएको कमाईको मासिक ४० हजार रुपैयाँ गौ सेवामा खर्च गरिने गरेको उनी बताउछन् ।

यहाबाट आयुर्वेदिक औषधालयहरुले ठुलो मात्रामा खरिद गरेर लाने गरेका छन् भने सर्वसाधारणले गौशालामा नै पुगेर अर्क खरिद गर्दै आएका छन् । क्यान्सरका बिरामीले यसको प्रयोग बढि गर्ने गरिएको पाईएको छ । यसको सेवनले मानव शरीरका लागि धेरै फाईदा पुग्ने गरेको प्रयोगकर्ताहरु बताउछन्

भरतपुर देखि अर्क लिन बागिश्वरी पुगेका राजकुमार श्रेष्ठले आफनो परिवारको सदस्यलाई क्यान्सर भएकाले यसको नियमीत सेवन गरेर  धेरै ठिक भएको बताए ।  गौ अर्क गाईको पिसाब लाई तताएर बास्फिकरण गरेर बनाइने औषधी हो ।

बढ्दो विद्युतीय उपकरणको प्रयोग हुदा रेडिएसनको प्रभावले शरिरमा धेरै असर गर्न बाट रोक्न र क्यान्सर जस्ता प्राणघातक रोगहरुबाट बचाउन गौ अर्कले धेरै महत्वपुर्ण भुमिका खेल्ने आश्रमका संरक्षक योगी पिताम्वरले बताए । शास्त्रमा पनि  स्थानीय गाईको महत्व निकै रहेको र आयूर्वेदले पनि लोक्कल गाईलाई महत्व दिएको योगी बताउछन् । बाथ पित्त कपका कारण शरिरमा रोग लाग्ने र त्यही ३ तत्वलाई ब्यालेन्समा राख्न गौ अर्क सेवन अनिवार्य रहेको योगी पिताम्वर बताउछन् ।


हिन्दु धर्ममा लोक्कल जातका गाईको धेरै महत्व छ । गोबर गहत दुध दही घिउँ हरेक काज्र्यमा महत्वपुर्ण मानिन्छ । अक्सिजन लिएर अक्सिजन नै फ्याँक्ने संसारको एउटामात्र जनावर लोक्कल प्रजातिको गार्ई हो ।

भक्तहरुले दिएको सहयोग, गाईहरुबाट निस्कने मल र गौ अर्क बेचेर गौशालाको खर्च व्यवस्थापन भएको छ ।  बागेश्वरीको भूमि भगवान रामले १६ वर्षसम्म अध्ययन गरेको पवित्र क्षेत्र मानिन्छ ।  भगवान रामले पूजा गरेको वाक्यश्वरी मन्दिर पनि यहीँ रहेको छ । धार्मिक हिसाबले महत्वपुर्ण यो ठाउँमा  योगी नरहरी नाथले गौशाला र आश्रम निर्माण गरेका हुन् ।  यहा गुरुकुल पनि चलेको छ । 

प्रतिक्रिया दिनुहोस