काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ । सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन पेश भएसँगै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
बैठक सुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए । उनीहरुले प्रतिनिधिसभाका सभामुखले चित्त बुझ्दो जवाफ नदिएसम्म, आत्मालोचितच नगरेसम्म, एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई संसदमा प्रतिनिधित्व नगराएसम्म आफूहरुको विरोध जारी रहने जानकारी गराएका थिए ।
एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नियमित कार्यसूचीमा हेरफेर गरेर विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी