तीजमा १ सय ११ सवारी कारबाहीबाट ६५ हजार राजश्व उठ्यो

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, ११ : २५
तीजमा १ सय ११ सवारी कारबाहीबाट ६५ हजार राजश्व उठ्यो

दाङ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तीजको अवधिमा १ सय ११ सवारी कारबाहीमा परेको जनाएको छ ।

तीजको अवसरमा भदौको २२ गते देखि २६ गते सम्म १११ सवारी कार्वाहीमा पर्दा ६५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए  । तीन दिनको अवधिमा सबै भन्दा धेरै मोटरसाईकल मात्रै ४१ वटा कार्वाहीमा परेको उनले बताए ।

पुजाराले दिएको जानकारी अनुसार बस ८ वटा, ट्रक १० वटा, जिपकार १६, ट्याक्टर १० र २६ वटा टेम्पो कारबाहीमा परेका छन ।  लाईसेन्स विना सवारी चलाएको, कागजपत्र नबोकेको, क्षमता भन्दा बढि यात्रु बोक्ने, मोटरसाईकलमा दुईजना भन्दा बढि बसेका लगायत सवारी साधन कार्वाही परेको दाङ प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस