चीन । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ ।
चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।
कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ ।
कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ भदौ २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै