कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्छ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १५ : ४४
कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्छ : सुवास नेम्वाङ

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमालें) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र ? भन्ने पत्रकारको प्रश्नमा नेम्वाङले भने- ‘मिल्छ । नेपालमा कस्ता(कस्ता काम त भइरहेका छन् भने कानूनबमोजिमको यो काम किन गर्न मिल्दैन ।’

आफूहरूले माधव नेपालसहित कारवाही गरेका १४ सांसदको सूचना सभामुले टाँस नगरेर एमाले विभाजनको सहयोगी भएको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । एमालेबाट विभाजित भएर गएका एकीकृत समाजवादीका सांसदलाई गैरसांसद भन्दै एमालले सदनमा नाराबाजी गर्ने गरेको छ।


 

प्रतिक्रिया दिनुहोस