एस्कर्टस लिमिटेड इन्डियाद्धारा आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १४ : ४५
एस्कर्टस लिमिटेड इन्डियाद्धारा आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड

काठमाडौँ । एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठौँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ ।

अघिल्लो वर्षमा आइएमईले गरेको मार्केट शेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्रान्डलाई नेपालमा स्थापित गर्न ठुलो भूमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृतले अजय मन्दाहरले बताए ।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्रान्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ ।

आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एन्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस