काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । भने, २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ११ : ५६
लेखकबाट थप