नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्चमा रिट

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, १८ : ०९
नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्चमा रिट

काठमाडौं । नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ ।
दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस