काठमाडौं । पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ रनमा दोस्रो विकेट गुमाएको हो । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको ३ रनमै अर्को विकेट गुमाएको हो ।
नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे । यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए ।
नेपालको चैथो ब्याटिङका रुपमा आरिफ शेख आएका छन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो । पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बलमा सो रन बनाएका थिए । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए । चाड सोपरले १७ रन बनाउँदा विकेट किपर समेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए ।
पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने एक रन आउट भएका थिए ।
१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए । यस्तै डेब्यु गरेका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिए । यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे । ७ ओभर बलिङ गरेका सोमपालले ३७ रन खर्चेर १ विकेट लिएका थिए ।
यसअघि दोस्रो ओभरको पहिलो बलमै विक्रमले पिएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गरेका थिए ।पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, र करण केसीलाई आराम दिएको छ । दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य