काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिए । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ भदौ २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ