काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिए । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ भदौ २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ