पीएनजीले दियो नेपाललाई १ सय ३५ रनको लक्ष्य, डेब्यू मै बिक्रमको चर्चा

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १३ : ५६
पीएनजीले दियो नेपाललाई १ सय ३५ रनको लक्ष्य, डेब्यू मै बिक्रमको चर्चा

ओमनमा जारी नेपाली राष्ट्रिय क्रिकेट टिम र पपुवा न्यु गिनी पीएनजी बीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको पपुवा न्यु गिनीले खराब सुरुवात गरेपछि नेपालले १३५ रनको झिनो लक्ष्य पाएको हो । ओमनलाई सस्तैमा समेट्न नेपाली राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका बिक्रम शोबले सुरुवाती दुई विकेट छोटो समयमा चट्काएका थिए ।

९ रनमा २ विकेट गुमाएको पपुवा न्यु गिनीले १ सय २६ रनमा ९ विकेट गुमाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले ४, बिक्रम शोबले २, कुशल भुर्तेलले २, सोमपाल कामीले १ विकेट हात पार्दै पपुवा न्यु गिनीलाई सस्तैमा समेट्न सफल भए ।

त्यस्तै, पपुवा न्यु गिनी ब्याटिङ तर्फ एल सिकाले ३० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन हात पार्न सकेनन् । पपुवा न्यु गिनीले ३३ ओभरमा अल आउट हुँदै १ सय ३४ रन जोडेको थियो

प्रतिक्रिया दिनुहोस