काठमाडौं । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राससलाई जानकारी दिए ।
प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने÷नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको राससलाई जानकारी दिए । काठमाडौँको स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको आजको बैठकले उक्त निर्णय गरेको हो ।
“कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ, ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्, अन्य वडामा पनि कोभिडको अवस्था हेरेर खुलाउन सकिने भन्ने भएको छ, सबै अधिकार स्थानीय तहलाई नै दिइएको छ,” प्रजिअ पराजुलीले भन्नुभयो । अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ भदौ २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन