काठमाडौँ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।
उनले भने , “कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन् ।”
निमित्त प्रजिअ जोशीको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरूप यहाँका स्थानीय तहका शिक्षा समितिले एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक स्थानीय तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास कार्यालयले जनाएको छ ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न/गराउन प्रशासनले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ भदौ २०७८, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द