उच्च मनोवलका साथ काम गर्नुपर्छ : डोरमणि पौडेल

रासस

शनिबार, १९ भदौ २०७८, १६ : ०४
उच्च मनोवलका साथ काम गर्नुपर्छ : डोरमणि पौडेल

वाग्मती । नेकपा एमालेका नेता एवम् वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

हेटौँडाको पशुपतिनगरमा युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले विकास निर्माणको लहरबाट आत्तिएकाहरुले पार्टीमाथि प्रहार गरेको बताए। उनले भने, “एमाले जुझारु र इमान्दार कार्यकर्ताले बनेको पार्टी हो, एक दुईजना चोटिएर गएपनि पार्टीलाई केही असर पर्दैन । ” 

नेता पौडेलले एमाले छोड्नेहरुले समाजमा भ्रम छर्न सक्ने भन्दै त्यस्ता भ्रम चिर्न एमालेका नेता तथा कार्यकर्ता अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया दिनुहोस