बिक्रम पाण्डेको बदमासी

ठेकेदार पाण्डेकाे किर्ते काम, करोडाैँकाे जग्गा झ्वाम

सोमबार, १८ मंसिर २०७४, २३ : ४०
ठेकेदार पाण्डेकाे किर्ते काम, करोडाैँकाे जग्गा झ्वाम

चितवन, १८ मंसिर । वन तथा भ–संरक्षण मन्त्री विक्रम पाण्डेले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ (साविक ७) को टिकौली पुल नजिक जग्गा किृर्त कागज निर्माण गरि आफनो कम्पनीको नाममा लिएका छन् । उनले आफु भुमि सुधार मन्त्री हुदाँ मुहब्जा लिईसकेका व्यक्तिहरुलाई ब्युताई सरकारी कागजजातहरु किृते तयार गरि आफ्नो नाम गर्न लागेका हुन् ।

विकास र आर्दशकै कुरा गर्ने मन्त्री पाण्डे यतिवेला चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनि रहदाँ यो कुरा बाहिर आएपछि सबै सर्वसाधरणहरु चकित बनो छन् । उनले राजपत्रमा २०३१ पौष ८ गते प्रकाशित तत्कालिन खाद्य, कृषि तथा सिचाई मन्त्रालयको सो ठाउमा अघिकरण गरेको जग्गा हाल आफ्नो कम्पनीको नाममा गरेका हुन् ।

तत्कालिनका समयमा पुराना जग्गाका मोहीहरु छन्दप्रसाद अधिकारीको परिवारहरुको नाममा रहेको ५ बिघा ७ कठ्ठा १३ धुर जग्गा कालिका अटो ईन्जिनियरिङ्ग प्रा.लि.को नाममा २०७४ जृेठ २३ आफ्नो नाम गर्न कागज बनाएका थिए । तर सो जग्गा खगेरी सिचाई योजनाको नाम सरकारले २०३१ सालमा नै अघिकरण गरेपनि उनले आफु भूमि सुधार मन्त्री हुदाँ प्रक्रिया सुरु गरि मुहब्जा बुझेकालाई पनि किृते कागज निर्माण गरि आफ्नो नाम गर्न खाजेको भेटिएको छ ।

स्थानिय सो जानकारी गराएपछि यस विषयमा रत्ननगर नगरपालिकालाई खबर गरेपछि गएको असारमा रत्ननगरको सार्वजनिक जग्गा खोजी तथा छानविन समिति वडा नम्बर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन गठन समेत गरेको छ । जग्गा दर्ताका लागि नामसारि र किन बेच सिफारिस पाउ भनि निवेदन दिएपछि यो रहस्य बाहिर आएको रत्ननगर पालिका कार्यालयले जनाएको छ ।

जग्गा आफ्नो नाममा आउनु अगाडी नै उनले यतिवेला सो जग्गा कब्जा गरि आफ्नाृ निर्माण कार्य र सामाग्री राख्दै आएका छन् । सुकुम्वासीलाई व्यवस्थापन र जग्गा दिनु भन्दै हिड्ने मन्त्रीले नै सुकुम्वासी बस्ती नजिककै जग्गा यस्तो हर्कत देखेपछि सबै चकित परेका छन् ।

प्रतिक्रिया दिनुहोस