उत्तर कोरिया । उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।
गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइएको छ ।
खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए ।
पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उनले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ भदौ २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया