पिपिएलको भेलामा गएनन् ओली

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १५ : २२
पिपिएलको भेलामा गएनन् ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पिपिएलए)को भेलामा सहभागी नहुने भएका छन् । पिपिएलएको भेलाका सन्दर्भमा विवाद भएपछि ओली सहभागी नभएका हुन् । 

ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो । तर पिपिएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।

पिपिएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए । एमाले जेठ २ मा फर्किने निर्णय भएको बेलामा एमालेका दोस्रो तहका तेस्रो धारका नेताहरुले समेत पिपिएलएको आज बोलाइएको भेला स्थगन गर्न माग गर्दै आएका थिए । पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत पिपिएलको बैठक बोलाइएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस