विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार बढीको मृत्यु

एजेन्सी

शुक्रबार, १८ भदौ २०७८, १३ : ३८
विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार बढीको मृत्यु

काठमाडौँ । विश्वमा एकैदिन १० हजार बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको हो । योसँगै विश्वमा कोरोना संक्रमण भएका ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ। १९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

यसैबीच विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ । बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस