प्रधानमन्त्री देउवाले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजे : भिम रावल

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १० : २४
प्रधानमन्त्री देउवाले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजे : भिम रावल

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर ‘एमसीसी’ राष्ट्रघाती सम्झौता गर्न खोजेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रिया व्यक्त गर्दै नेता रावलले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भईरहेको उल्लेख गरेका छन् । 

‘नेपालमा द्वन्द्व पछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेका छन्, ‘सरकार जनअनुमोदित  होइन । देशलाई  दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि  नेपाल आउने छन् ।

प्रतिक्रिया दिनुहोस