काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।
२ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताहरूबीच खटपट सुरु भएको हो । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति भएको थियो । ९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओलीमाथि एकलौटी रूपमा अघि बढ्न खोजेको आरोप लागेको छ ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) को आज (१८ भदौ) मा केन्द्रीय भेला अध्यक्ष ओलीले बोलाएका छन् । तर, पीपीएलएका अध्यक्ष रहेका रुद्रप्रसाद नेपाललाई नै भेलाबारे जानकारी नभएको बताइएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली समूहले एकपक्षीय रूपमा भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले सो भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलएका सदस्यहरूलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।
‘सामाजिक सञ्जालमा भोलि अर्थात् भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले सो भेलाबारे पीपीएलएलाई संस्थागत रूपमा कुनै जानकारी नभएको बेहोरा अनुरोध छ,’ अध्यक्ष नेपालले एक अपिल जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई सो भेलामा सहभागी नहुन हार्दिक अपिल गर्छु ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ भदौ २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)