काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको बताएका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीभित्र सुधारको खाँचो रहेको नेता पौडेलले बताएका छन् । उनले भने, ‘पार्टीको संस्थागत विकास चाहिएको छ । अहिले पनि क्रियाशील सदस्यताको विवाद कायम छ । निष्ठावान साथीहरु पीडित भएका छन् । हामीले संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।’
उनले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने पनि बताए । ‘हाम्रो तर्फबाट संस्थागत उम्मेदवारी दिन्छौँ । पार्टी र लोकतन्त्र बचाउन एक भएर अघि बढ्छौँ । हाम्रो एकता अधिवेशनको अन्तिमसम्म कायम रहन्छ । हामी सबैको तर्फबाट एक जना सभापतिको उम्मेदवार रहन्छ’ वरिष्ठ नेता पौडेलले भनेका छन् ।
उनले केही समयपछि आफंनो तर्फबाट उम्मेद्धारको नाम टुंगो लगाउने र संस्थागत रुपमा नाम पठाउने बताएका थिए । पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, शशांक कोइराला, सुजाता कोइराला लगायतका नेताहरु सहभागी थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ भदौ २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता