सिस्नेखोलामा पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न सिडिओको प्रहरीलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १० : २३
सिस्नेखोलामा पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न सिडिओको प्रहरीलाई निर्देशन

दाङ । सिस्नेखोलामा पुल निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय दाङले तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको ।

दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न दाङ प्रशासनले एक सुचना जारी गर्दै प्रहरीलाई पक्राउ आदेश दिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीको पुलमा तस्बिर अपलोड गर्दै एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको फेसबुकमा आफै लेखेका थिए ।

तर यो बीचमा कुनै काम भएन र पुल निर्माण समयमा नहुँदा गएराति  सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा ४ जना महिलाको आज मृत्यु भएको छ ।उक्त कार गएराती पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।

प्रतिक्रिया दिनुहोस