नेपाल जर्नी संस्थाले हेटौँडामा निर्माण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय बन्यो नेपालको उत्कृष्ठ पुस्तकालय, पुस्तकालय ब्रहमकुमारी राज योग केन्द्रको संरक्षणमा

प्रकाश सिग्देल

बुधबार, १६ भदौ २०७८, १९ : ०९
नेपाल जर्नी संस्थाले हेटौँडामा निर्माण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय बन्यो नेपालको उत्कृष्ठ पुस्तकालय, पुस्तकालय ब्रहमकुमारी राज योग केन्द्रको संरक्षणमा

चितवन । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौंले नेपाल जर्नीले हेटौँडामा निर्माण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय लाई नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा कदरपत्रले सम्मान गरेको छ ।

चौधौं पुस्तकालय दिवसका मुल समाहरोह समिति २०७८ ले  संञ्चालन गरेको भर्चुअल समारोहमा नेपाल जर्नी पुस्तकालयलाइ नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा सम्मान गरेको हो ।

हेटौँडा उपमहानगरपालिका ४ को बाल उद्यान केन्द्रमा २०७६ सालमा स्थापना भएर त्यसै रहेको  पुस्तकालयलाई ब्रहमकुमारी राज योग केन्द्रको पहलमा नेपाल जर्नी संस्थाले सुचना तथा संचारकोे उपयोग सहित अनलाईन माध्यमबाट अध्ययन गर्न सक्ने गरी नेपालकै नमुना नेपाल जर्नी पब्लिक पुस्तकालय निर्माण गरेको थियो ।

यसको व्यवस्थापन राजयोग केन्द्रले गरिरहेको छ भने मुख्य गरी राष्ट्रिय राजयोग प्रशिक्षक ब्रहमकुमार बिजय राज सिग्देलले यसको मुल व्यवस्थापन गरेका छन ।चौधौं पुस्तकालय दिवसका मुल समाहरोह समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव रामप्रसाद थपलिया , मुल समाहरोह समिति उपाध्यक्ष एवं मन्त्रालयका सहसचिव दिपक शर्मा र पुस्तकालय समन्वय तथा अभिलेख शाखा सिंहदरबार, काठमाडौंका प्रमुख एवं मुल समाहरोह समितिका सदस्य सचिव यादवचन्द्र निरौलाले हस्ताक्षर गरी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाल जर्नी अमेरिकामा रहेका नेपालीहरुले नेपालमा शिक्षाका क्षेत्रमा काम गर्न स्थापना गरेको संस्था हो । चितवन निवासी मौसमी श्रेष्ठको अध्यक्षतामा रहेको यो संस्थाले नेपालका धेरै विद्यालयहरुमा पुस्तकालय निर्मार्ण गरेको छ भने अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक विकासमा सहयोग गर्दै आएको छ । पुस्तकालय निर्माणका लागी अमेरिका र अरु धेरै देशमा रहेका नेपालीहरुले आफुले सकेको रकम जम्मा गर्ने गरेका छन् ।

संस्थाले हेटौँडामा ५० लाखको लागतमा पुस्तकालय निमार्ण गरेको हो त्यस्तै चितवन स्याजा,नवलपरासी लगाएतका जिल्लाका विभिन्न ठाउँमा पुस्तकालय निर्माणका लागि सहयोगहरु गरिरहेको छ । चितवनको भरतपुर महानगर ४ मा पनि संस्थाले भवन सहित अत्याधुनिक सुबिधा सम्पन्न पुस्तकालय निमार्णको काम सुरु गर्न लागेको छ ।

अमेरिकामा रहेको नमुना पुस्तकालयहरुको अध्यान सहित नेपाली डिजाईनमा नमुना कलात्मक प्रबिधि मैत्री पुस्तकालय निर्माण गर्ने तयारी भईराखेको नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष गोपाल भण्डारीले बताए ।भरतपुरमा पुस्तकालय निर्माणका लागी अमेरिकामा रहेको मौसमी श्रेष्ठ सहितको टिम सक्रिय रुपमा लागेको छ । 

प्रतिक्रिया दिनुहोस