जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको दाबी गरेका छन् ।
बुधबार आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट आफ्नो नयाँ पार्टी दर्ता भएपछि जसपा भन्दा बलियो रहेको दाबी गरेका हुन् ।
उनले अब निरन्तर पार्टीलाई बिस्तार गर्ने र सदस्य संख्या बढाउने गरि अधिवेशन तर्फ आफूहरुको ध्यान रहेको बताए । अध्यक्ष ठाकुरलगायतका नेतालाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर