सभामुख सापकोटाविरूद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा पेशी

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, ११ : ००
सभामुख सापकोटाविरूद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा पेशी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा पेसी चढेको छ । पटक पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । नियमित पेसीमा चढे पनि यो मुद्दा आजै सुनुवाइ हुने नहुने निधो भने छैन ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा विरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । मुद्धा अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस