काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले हिजो मंगलबारबाट भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ ।
लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो ।
सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो ।
अब सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बताउँदै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले महिनौंसम्म कुरेर बस्नुपर्ने अवस्था नरहेको बताए । नेपाल समाचारपत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ भदौ २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द