काठमाडौँ । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् ।
महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गरे ।
उहाँले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।
सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ भदौ २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत