काठमाडौँ । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् ।
महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गरे ।
उहाँले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।
सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ भदौ २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प