काठमाडौं । उत्तर कोरियाले न्यूक्लियर रियाक्टर पुनः सञ्चालनमा ल्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
योङ्गबिअन न्यूक्लियर रियाक्टर उत्तर कोरियाले पुनः सञ्चालन गरेको संयुक्त राष्ट्रसंघीय एटोमिक एजेन्सीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो।
परमाणु हतियारका लागि प्रयोग गरिने प्लुटोनियम सो रियाक्टरमा उत्पादन हुने ठानिएको छ। इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनका अनुसार बन्द रियाक्टर उत्तर कोरियाले फेरि सुरु गरेको हो।
उत्तर कोरियाले आइएइएलाई सन् २००९ मा ‘एक्सप्पेल’ गरेको थियो। तर आइएइएले स्याटेलाइट तस्बिरका आधारमा अवस्थाको विश्लेषण गर्ने गरेको छ।
गएको जुलाईदेखि सो रियाक्टर सञ्चालन भएको जनाइएको छ। सन् २०१८ को डिसेम्बर यता सो रियाक्टर सञ्चालन भएको यो पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ भदौ २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन