झापा । अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विद्युत्को पोल मुनी मृत भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको, काँधको भाग डढेको देखिएको र विद्युत्का कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको हो ।
मृतकको शव परीक्षणका लागि मेची अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १४ भदौ २०७८, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु