काठमाडौं । गत चैत महिनाको अन्तिम सातादेखि बन्द रहेका प्रदेश २ का विद्यालय छ महिनापछि सञ्चालनको तयारी भइरहेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिएकाले बालबालिका उच्च जोखिममा पर्न सक्ने भएपछि सरकारले विद्यालय बन्द गरेको थियो ।
सो अवधिमा भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा रोक लगाएको भए पनि वैकल्पिक विधि वा उपाय अपनाएर केही विद्यालयले भने शिक्षण कार्य अनलाइनमार्फत खुला नै गरेका थिए । प्रविधिको सुविधा र पहुँच सबै विद्यालयसँग नरहनु, अधिकांश सामुदायिक र संस्थागत विद्यालयमा इन्टरनेट सुविधा नहुनु, सुविधा भएपनि विद्यालयमा दक्ष जनशक्तिको अभावले कतिपय विद्यालयले पठनपाठन गर्न नसकेको जनाइएको छ ।
प्रविधिसँग खेल्न सक्ने र यस्तो सुविधा भएका विद्यालय कम, अनलाइन कक्षा सञ्चालन गर्न सकिने स्रोत साधन एवं जनशक्ति नभएका कारण छ महिनादेखि कक्षा शिक्षण पूर्ण रूपमा प्रभावित भएको थियो । जसले गर्दा बालबालिकाको शैक्षिक स्तर खस्किँदै गएको पनि अभिभावक, शिक्षक एवं सरोकारवालाले बताउन थालेका छन् ।
शैक्षिक स्तर उकास्न प्रदेशले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न आवश्यकता बोध गरी सप्तरी, सिरहा, धनुषा, सर्लाहीलगायतका जिल्लामा स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ भने केही जिल्लामा विद्यालय सञ्चालनमा पनि आइसकेकाले सबै सञ्चालनमा ल्याउनुपर्ने बताउन थालिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ भदौ २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द