पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, २१ : ३७
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल फोटो

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  सूर्यबहादुर थापाले नारायणगढदेखि २० किलोमिटर पर भरतपुर महानगरपालिका–२९ भोर्ले सेती दोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए ।

वर्षाको कारण भरतपुत महानगरपालिका वडा न. २९ सेतिदोभानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस